सीटीईभीटीमा १२६ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १२६ जनाबाट दरखास्त आह्वान गरेको छ । परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदहरूमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्य नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
परिषद्ले मुख्य, वरिष्ठ र सहायक प्रशिक्षक, शाखा, लेखा र प्राविधिक अधिकृत, ट्रेनर, प्रशासकीय सहायक, लेखापाल, कार्यालय सहायक, सहलेखापाल जस्ता विभिन्न पदहरूमा आवेदन खुलाएको छ ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले साउन १७ गते र दोब्बर दस्तूर तिरी साउन २४ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन परिषद्को अनलाईन प्रणाली https;//jobs.ctevt.org.np बाट दिनुपर्नेछ ।