अटोमोबाइलको ब्यवसाय खुम्चिएको गुनासो बोकेर नाडाको टिम प्रधानमन्त्री दैलोमा, सकारात्मक ओली

७ श्रावण २०८१, सोमबार १६:४४

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका बिभिन्न कार्यबिधीहरुको कारण अटोमोवाइल ब्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको सन्दर्भमा  नेपालको अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरेको हुन् ।
उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए । त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।
सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पाँग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गर्दै नेपालमा आयात भईरहेका दुई पाङग्रे सवारी साधनहरु मध्ये करिब ९८ प्रतिशत भन्दा बढि आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज स भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकोले सवारी संचालनको त्रममा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिन समेत अनुरोध गरे ।
यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी दिए । सो छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले सवारी साधन, टायरटयूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*