काठमाडौंमा भीषण वर्षा, सडकमा बग्यो बाढी

२२ श्रावण २०८१, मंगलवार १०:११

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंमा भएको भीषण वर्षाका कारण विभिन्न स्थानका सडकहरूमा बाढी आएको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि भीषण वर्षा भइरहेको छ । वर्षाका कारण सडकमा बाढी बगेपछि आवतजावत प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुबिनी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

रातिको समयमा वर्षा झनै धेरै हुने अनुमान महाशाखाले गरेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा अति भारी वर्षा हुने र सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*