४७ अर्ब बढी सञ्चित नाफा गरेको कुलमानको दाबी, सुनाए ३ वर्षे उपलब्धी (पूर्णपाठ)

२५ श्रावण २०८१, शुक्रबार १५:५२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरणलाई ९९ प्रतिशतमा पु¥याएको जानकारी दिएका हुन् ।

‘३ वर्षअघि पदवहालीका बेला मैले आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठुलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको सार्वजनिक गरेको थिएँ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘८ वर्षअघि आर्थिक वर्ष २०७२्/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ३ वर्षअघि पनि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।’

त्यस क्रममा उनले तीनवर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*