शेयर बजारमा अब्बल रहेको शिवम् सिमेन्टको मुनाफा २५ करोड रुपैयाँबढी, यस्तो छ समग्र वित्तीय अवस्था

२७ श्रावण २०८१, आईतवार १०:५३

काठमाडौँ ।  शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सफल व्यवस्थापकीय पक्ष र व्यवसाय विस्तारमा आक्रामक देखिएको शिवम् सिमेन्टले एक वर्षमा सो नाफा आर्जन गर्न सफल भएको हो ।

शेयर बजारमा समेत अब्बल रहेको शिवम् सिमेन्टले आर्थिक मन्दीकाबीच पनि सन्तोषजनक व्यवसाय गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा सिमेन्ट बिक्रीबाट ७ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्म ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १९ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा ३६ करोड ३७ लाख लाख रुपैयाँ रहेको यस्तो आम्दानी ४५.४१ प्रतिशतले घट्न पुगेको हो ।

यस अवधिमा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीले यस्ता खर्चलाई न्यूनिकरण गरेको छ ।

कम्पनीको चुक्ता पूँजी पाँच अर्ब २ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख रुपैयाँ राखेको छ ।

गत आवको असार मसान्तसम्मको अवधिमा कम्पनीकोे प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*