लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदमा योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिन आह्वान गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने भएकाले इच्छुक नागरिकलाई आवेदन दिन आग्रह गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ्ग लगायतका विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका र विभिन्न उल्लेखित क्षेत्रमा कम्तिमा १० वर्ष कार्य गरेको अनुभव भएका नागरिकहरुले उक्त पदमा आवेदन दिन सक्ने भएका छन् ।
बोर्डका अनुसार ३५ वर्ष नाघेर ६५ वर्ष पुरा नभएका नागरिकले आवेदन दिन पाउने भएका छ । साथै, इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा आवेदन दिनु पर्ने छ ।