‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी काठमाडौँमा सुरु, विद्युत् सामग्रीको बहुराष्ट्रिय सहभागिता
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ आजदेखि काठमाडौँको भृकुटीमण्डमा सुरु भएको छ ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना सुरु भएको यो कार्यक्रमको उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । यस क्षेत्रका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायलाई सहजीकरण र प्रवर्धन गर्ने उद्देश्य राखेको छ ।
नेपाल विद्युत व्यावसायिक महासंघका अध्यक्षका रेशमप्रसाद देबकोटाले यो मेलाले बजारको दिगो बिकास बिस्तारलाई गराउन भुमिका खेल्ने बताए। उनले भने,“शिथिल अर्थतन्त्रलाइ पुनर्त्थान गर्नका लागि यो फीन इलेक्ट्रो टिच २०२४ ले ठुलो भूमिका खेल्ने छ । अब यस्तो मार्केट २ अर्बको हुनेछ“
त्यस्तै, कार्यममा बोल्दै नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजि छेत्रले दिएको सुझाबलाइ सरकारले ब्यक्तिगत लाभको रुपमा नहेर्ने आग्रह गरे ।
सो मेला मंसिर २ गतेसम्म संचालन हुनेछ । फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको छ ।
प्रदर्शनीको टाइटल प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर, प्लेटिनम प्रायोजकमा प्रिमियर वायर्स र डायमण्ड प्रायोजकमा अर्किड इलेक्ट्रिकल्स तथा जानकी केबल रहेका छन् । यसका साथै, गोल्ड प्रायोजकमा सि.एन.एस., लिशा एण्ड टिन्ज, स्विफ्ट गोल्ड र के.इ.आई. जनता रहेका छन् । अफिसिएल बैंक गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रदान गरेका छन् ।
चार दिनसम्म चल्ने यस प्रदर्शनीमा लगभग ५० हजार भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
One thought on “‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी काठमाडौँमा सुरु, विद्युत् सामग्रीको बहुराष्ट्रिय सहभागिता”