विद्युत प्रसारण लाइन आसपासका संरचना हटाउन काठमाडौं महानगरको अल्टिमेटम

१९ मंसिर २०८१, बुधबार ०७:५५

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइन आसपासका मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ।

महानगरपालिकाले ११ हजार भन्दा माथिदेखि ३३ हजार विद्युत भोल्ट क्षमताको लाइनको मुनि र दायाँबायाँ २ मिटर र २३०/४०० देखि ११ हजार विद्युत भोल्ट क्षमताको लाइनको मुनि र दायाँबायाँ १.२५ मिटर न्यूनतम दूरी कायम गरी संरचना भत्काउन निर्देशन जारी गरेको हो।

‘उल्लिखित मापदण्ड विपरीतका विद्यालय भवन, भर, टहरा, कक्षा कोठा लगायत भौतिक संरचना तथा भागहरू विद्यालय तथा घरधनी स्वयंमले यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सावधानीपूर्वक भत्काई (हटाई) मापदण्ड पालन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।’ सूचनामा उल्लेख गरिएको छ।

तोकिएको अवधिभित्र मापदण्ड विपरीतका संरचना घरधनी स्वयंमले नहटाएमा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*