अमेरिकी डलरले बनायो नयाँ रेकर्ड
२० मंसिर २०८१, बिहीबार ०७:४७

काठमाडौं । बिहीबार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १३५.८९ रुपैयाँ र खरिददर १३५.२९ रुपैयाँ कायम भएको छ। यसअघि डलरको उच्च भाउ १३५.८२ रुपैयाँ रेकर्ड भएको थियो।
त्यस्तै आज एक युरोको खरिदमूल्य १४२.११ र बिक्रीमूल्य १४२.७४ रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८६.८० र बिक्रीमूल्य ८७.१८ रुपैयाँ कायम भएको छ।
राष्ट्र बैंकका अनुसार यस दिन एक कतारी रियालको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६.१६ रुपैयाँ छ भने कतारी रियाल एकको खरिददर ३७.११ र बिक्रीदर ३७.२८ रुपैयाँ कायम भएको छ।














