नेपाल प्रहरीले ठूलो संख्यामा खुलायो आवेदन (सूचना सहित)
२१ मंसिर २०८१, शुक्रबार ०७:२९

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने गरी ठूलो संख्यामा भर्ना खुलाएको हो।
प्रहरी जवान (जनपद) तर्फ ११६५ जना, प्रहरी कार्यालय सहयोगीमा ४७ जना भान्से र ११ जना कुचीकार माग गरिएको छ। दरखास्त आवेदन मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म दिन सकिनेछ। आवेदन दिनका लागि देशभरका विभिन्न ११ वटा कार्यालय तोकिएको छ।












