कति छ आज विदेशी मुद्राको विनिमयदर?

२३ मंसिर २०८१, आईतवार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोका अनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३५.२१ रुपैयाँ र बिक्रीमूल्य १३५.८१ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक युरोको खरिदभाउ १४३.०७ रुपैयाँ र बिक्रीभाउ १४३.७१ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिदभाउ ८६.८३ रुपैयाँ र बिक्रीभाउ ८७.२१ रुपैयाँ निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार यस दिन एक साउदी अरेबियन रियालको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ छ भने एक यूएई दिरामको खरिदभाउ ३६.८१ रुपैयाँ र बिक्रीभाउ ३६.९८ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*