बीमा प्राधिकरणद्वारा बंगुर सम्बन्धि बीमालेख जारी
२४ पुष २०८१, बुधबार १७:१०
![](https://www.beemapost.com/wp-content/uploads/2025/01/NIA-Bangur-Beema-Lekh.jpg)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बंगुर सम्बन्धि बीमालेख जारी गरेको छ । बीमा प्राधिकरणको पुस ४ गतेको निर्णयले बंगुर बीमालेख जारी गरेको हो ।
यस अघि सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिका पशुधनलाई २०८०।०४।०१ भन्दा अघि प्रचलनमा रहेको पशुधन बीमालेख मार्फत बीमा गर्न निर्देशन गरिएको अब उक्त बीमा बंगुर बीमालेख मार्फत गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले सम्पूर्ण इजाजत प्राप्त निर्जीवन बीमा कम्पनीहरुले पुष २३ गते एक निर्देशन जारी गर्दै बंगुर बीमालेख अन्तर्गत संगुर, बंगुर र खच्चडहरुको बीमा गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार आम नागरिक तथा कृषकहरुले बंगुर बीमालेखबारे आवश्यक कुराहरु जान्न चाँहेको खण्डमा प्राधिकरणको वेबसाइट मार्फत डाउनलोड गरेर बुझ्न सकिने छ ।