एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान

२० माघ २०८१, आईतवार १०:१६

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो ।

प्रधानले गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन् । सपथ ग्रहण कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्यहरू, उच्च व्यवस्थापन टोली, तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*