निर्जीवन बीमा कम्पनीद्वारा बाढीपहिरोको तीन अर्बबढी दावी भुक्तानी, कुनले कति दिए ?

२५ फाल्गुन २०८१, आईतवार १६:०२

काठमाडौं । गत असोज महिनामा परेको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् । कम्पनीहरुले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेको हो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले दुई हजार ४७८ वटा दावी भुक्तानी गरेको हो ।

बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ  बराबरको दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कुल तीन हजार ७२८ वटा दावी परेको छ ।

हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले  ५८ करोड २७ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा कुल १७३ वटा दावी भुक्तानी गरेको प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

साथै, द ओरियन्टल इन्स्योरेन्सले २० वटा दावी वापत ११ करोड २० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १७० वटा दावी वापत ३९ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ९३ वटा दावी बापत  ४७ करोड ७३ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

यसैगरि हिमालयन एभरेष्टले १०२ वटा दावी वापत २५ करोड १६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९१ वटा दावी वापत १४ करोड ६३ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १०५ वटा दावी वापत १८ करोड ३८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८६ वटा दावी वापत २३ करोड ६५ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

यसैगरी, आईजीआई प्रडेन्सियल इन्स्योरेन्सले ७० उवटा दावी वापत २६ करोड १६ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १७५ वटा दावी वापत २५ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले पाँच करोड ८९ लाख रुपैयाँ र नेशनल इन्स्योेरेन्सले चार करोड ६६ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

सञ्चालनमा रहेको १४ ठूला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दावी परेको छ । हालसम्म सम्पत्ति बीमामा मात्रै परेको दुई अर्ब २० करोड ३५ लाख रुपैयाँको दावी भुक्तानी भएको छ ।

यसैगरि इन्जीनियरीङमा ३० करोड २४ लाख, मोटर बीमा (निजी) २५ करोड ३७ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) २५ करोड २७ लाख रुपैयाँ, सामामुद्रिक बीमामा एक करोड ७८ लाख रुपैयाँ, पशुपंक्षी बीमा एक करोड ३९ लाख रुपैयाँ दावी भुक्तानी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*