पूर्वराजा शाहलाई स्वागत गर्ने राप्रपालाई काठमाडौँ महानगरपालिकाको १ लाख रुपैयाँ जरिवाना

२५ फाल्गुन २०८१, आईतवार २१:५३

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो । करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका थिए ।। उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे । राप्रपाले आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको भन्दै बालेनले एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु। १००,०००र०० ९अक्षरुपी एक लाख० जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

पोखराबाट आइतबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको राप्रपासहितले स्वागत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*