अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.४४ रुपैयाँ र बिक्रीदर १४०.०४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.३१ रुपैयाँ र बिक्रीदर १५१.९६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८०.२२ रुपैयाँ र बिक्रीदर १८०.९९ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५९.०० रुपैयाँ र बिक्रीदर १५९.६८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८८.२० रुपैयाँ र बिक्रीदर ८८.५८ रुपैयाँ र क्यानाडियन डलर एकको खरिददर ९६.९८ रुपैयाँ र बिक्रीदर ९७.४० रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४.७८ रुपैयाँ र बिक्रीदर १०५.२३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२१ रुपैयाँ र बिक्रीदर १९.२९ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ र कतारी रियाल एकको खरिददर ३८.२६ रुपैयाँ र बिक्रीदर ३८.४२ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.५२ रुपैयाँ र बिक्रीदर ३१.६६ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र स्विडिस क्रोनर एकको खरिददर १३.८० रुपैयाँ र बिक्रीदर १३.८६ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.२९ रुपैयाँ र बिक्रीदर २०.३७ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९५ रुपैयाँ र बिक्रीदर १८.०३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५२.६५ रुपैयाँ र बिक्रीदर ४५४.६० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६९.८७ रुपैयाँ र बिक्रीदर ३७१.४६ रुपैयाँ र ओमानी रियाल एकको खरिददर ३६२.२० रुपैयाँ र बिक्रीदर ३६३.७५ रुपैयाँ रहेको छ।













