सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२७ फाल्गुन २०८१, मंगलवार १५:३६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै एसिस्टेन्ट म्यानेजर, एसआर. अफिसर, अफिसर, जेआर. अफिसर, एसआर. एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले उल्लेखित पदको लागि स्नातक तथा स्नाकोत्तर तह उत्तिर्ण गर्नुपर्ने छ । वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेद्वारलाई कम्पनीले प्राथमिकता दिन सूचनामा उल्लेख गरिएको छ ।
इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति फागुन २७ गतेदेखि १० दिनभित्र कम्पनीको आधिकारीक वेबसाइट https://online.salico.com.np/career मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।