कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?

३ चैत्र २०८१, आईतवार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार रातो आलु ३० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ र लोकल घिउ सिमी २५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी लौका ३५ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ र झिगुनी ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*