अप्पर तामाकोशी हाइड्रोपावरले सम्पत्ति बीमा गर्ने, इच्छुक कम्पनीलाई शिलबन्दी पेश गर्न आह्वान

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आफु अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युतको सम्पत्ति बीमा गर्ने भएको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गरेर बीमा गर्न इच्छुक कम्पनीहरुलाई तोकिएको समयभित्र आवश्यक विवरणसहित शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
कम्पनीले सिभिल संरचनाहरु, इलेक्ट्रोमेकानिकल उपकरणहरु, हाइड्रोमेकानिकल उपकरणहरु, प्रसारण लाइन तथा सवस्टेसन लगायतको सम्पूर्ण जोखिम बहन हुनेगरी बीमा गर्नेछ ।
इच्छुक तथा योग्य बीमा कम्पनीहरूले कम्पनी दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अन्तिम लेखापरीक्षण भएको ३ आर्थिक वर्ष (आ. व. २०८०/०८१ समेत) को वित्तीय विवरणहरू, बीमा सम्झौताका शर्तहरु, मस्यौदा बीमालेख तथा बीमा शुल्क समेत प्रस्ताव गरी २०८ १।१२।२१ दिनको १२ः०० बजे भित्रमा सिलबन्दी बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ।