नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन

६ चैत्र २०८१, बुधबार १६:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बुधबार, कम्पनीको बोनश शेयरको मूल्य समायोजन भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ ।

समायोजन भएको उक्त शेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*