हिमालयन डिस्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त
२१ चैत्र २०८१, बिहीबार १०:५९

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले काठमाडौं महानगरपालिका–३४, बानेश्वरमा स्थाई ठेगाना भएका पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
कम्पनीका तत्कालिन अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले दिएको राजिनामा चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेपछि रिक्त रहेको पदमा पाण्डेलाई नियुक्त गरीएको कम्पनी सचिव निशा निरौलाले बताइन् ।












