राजस्व हिनामिना गरेको आरोपमा सहायक लेखापाल पक्राउ

२८ चैत्र २०८१, बिहीबार ०९:०८

काठमाडौं । सुर्खेत उपत्यका नगर विकास समितिमा सहायक लेखापालको रूपमा कार्यरत खड्क बहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

समितिले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको हो।

अख्तियारको सुर्खेतस्थित कार्यालयका टोलीले सम्बन्धित कागगात सहित नगर विकास समितिको कार्यलयबाटै नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध थप अनुसन्धान भइरहको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*