कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, बोर्डले भन्यो, ‘स्थगित सूचना भ्रामक’

५ बैशाख २०८२, शुक्रबार १५:०८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मिति बैशाख ११ गतेदेखि नै हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षा स्थगनसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको भन्दै त्यसप्रति भ्रममा नपर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको छ ।

यसअघि केही सामाजिक सञ्जालहरूमा कक्षा १२ को परीक्षा वैशाखपछि सारिएको भन्ने सूचना भाइरल भएको थियो, जसले अभिभावक र विद्यार्थीहरूमा अन्योलता सिर्जना गरेको थियो । बोर्डले यस्तो भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भनेको छ ।

स्थगितको सूचना बोर्डको नभएको हुँदा परीक्षा समयमा हुने तयारी भइरहेको बताइएको छ ।

सम्पादन गरिएको

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*