बारामा टिपर र कार ठोक्किँदा दुईको मृत्यु, चालक फरार

५ बैशाख २०८२, शुक्रबार १८:१९

काठमाडौँ । बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूँइँपुल नजिक शुक्रबार दिउँसो टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटना दिउँसो करिब ३ बजेतिर निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा भएको हो।

दुर्घटनामा परी कारका चालक सर्लाहीको सुन्दरपुर निवासी जितनारायण साह र सोही कारमा सवार बरहथवा–१५ का नारायणहरी शर्माको घटनास्थल नजिकै निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुबैजनालाई गम्भीर अवस्थामै प्रसूति अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उपचारअघि नै मृत घोषणा गरेका थिए। घटनापछि टिपर चालक फरार रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*