शिखर इन्स्योरेन्सले पायो सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

७ बैशाख २०८२, आईतवार १८:५३

काठमाडौं । शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ ।

यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता जनाउदछ । शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा, नीति, र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको छ भनेर अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्रले पुष्टि गर्दछ ।

क्ष्क्इरक्ष्भ्ऋ द्दठण्ण्ज्ञस्द्दण्द्दद्द ले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन तथा निरन्तर सुधार तथा कम्पनीको जोखिम व्यवस्थापन नीतिमा कम्पनीको प्राथमिकता पुष्टि गर्दछ । शिखर इन्स्योरेन्स साइबर सुरक्षा लगायत हरेक किसिमको नविनतम जोखिमको व्यवस्थापन तथा निरन्तर सुधारमा सदैव अग्रसर रहँदै आईरहेको कम्पनीले जनाएको छ ।

यस सूचना प्रविधिको युगमा कम्पनीको सुचना प्रणाली ९को सुरक्षा तथा ग्राहकहरुले प्रदान गर्ने हरेक सूचनाको गोपनियता तथा सुरक्षा कायम गर्नुका साथै साइबर रिस्कको व्यवस्थापन गरी कम्पनीको सेवाको निरन्तरतालाई कायम गर्नु महत्वपूर्ण पाटोका रुपमा रहेको छ । ISO/IEC 27001:2022  ले कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा कम्पनीको ग्राहकहरुको गोप्य सूचनाको सुरक्षाका साथै कम्पनीबाट प्रदान हुने उच्चस्तरको गुणस्तरीय सेवाको निरन्तरता (Business Continuity) को प्रत्याभुति प्रदान गर्दछ ।

यसले कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने हामीले महसुस गरेका र कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने हामीले महसुस गरेको कम्पनीले जनाएको छ।

SICL - ISO 27001 Certificate of Registration 1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*