स्वदेश फर्किँदै देउवा दम्पती, सरकारको भविष्य संकटमा !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा थाइल्याण्ड भ्रमणपछि आज स्वदेश फर्किने भएका छन्। देउवा उपचारको लागि थाइल्यान्ड गएका थिए भने राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को ८१ औँ सम्मेलनमा सहभागी थिइन्।
नेपालमा सरकारको भविष्यसँग सम्बन्धित चर्चा तीव्र हुँदै गएको छ। वर्तमान सरकार जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन्, उसको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढेको छ। यसले सरकारमा संकट उत्पन्न गरेको र देउवा दम्पतीको भूमिका निर्णायक हुनसक्ने संकेत गरिएको छ।
कांग्रेस र एमालेबीच गत १७ असारमा भएको सातबुँदे सहमतिपश्चात् गठबन्धन सरकार बनेको थियो, जसमा देउवा दम्पतीको महत्वपूर्ण स्थान थियो। तर, अहिले प्रधानमन्त्री ओलीको कार्यशैलीमा असन्तुष्टि व्यक्त गर्दै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा सरकारको विरोध गरेका छन्।
बिहीबार महामन्त्री गगन थापाले गठबन्धन सरकारबाट बाहिरिने चेतावनी दिएका थिए। उनले भने, ‘हाम्रो केही आधारभूत कुराहरू छन्, यदि ती पूरा भएन भने हामी सरकारबाट बाहिरिनेछौं। यो बीचमा देउवा विदेशमै रहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेसबाट उर्जाराज्यमन्त्री बनेका पूर्णबहादुर तामाङलाई बर्खास्त गरे, जसले कांग्रेसमा तिक्तता निम्त्याएको छ। जसमा देउवालाई प्रचण्डले भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
सरकारको संकटको बीचमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देउवा दम्पतीको स्वदेश आगमनको प्रतीक्षामा रहेका छन्। प्रधानमन्त्री ओलिका अन्य गतिविधिमा देउवाको सहमति भएपनि गभर्नर नियुक्तिमा एमालेले चलखेल गरेको आशंका छ ।