११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
१२ बैशाख २०८२, शुक्रबार १२:३२

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट क्षेत्रमा आज शुक्रबार बिहान भूकम्पको हल्का झड्का महसुस गरिएको छ । बिहान ठीक ११ः५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोककै फुल्पिङकोटमा रहेको जनाइएको छ ।
एक दशकअघि अर्थात् २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिहरू अझै ताजा छन् । ७.८ म्याग्निच्युडको त्यस शक्तिशाली कम्पनले करिब ९ हजार नागरिकको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । सोहि दिन करिब सोहि समयमा आज अर्का भुकम्प भएको हो ।