अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
सरकार परिवर्तनको चर्चा चलिरहेको बेला सञ्चारकर्मीहरुले सोधेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीको उक्त भनाइले वर्तमान सत्ता गठबन्धनको दीर्घकालीन योजना संकेत गरेको देखिएको छ।
उनको उक्त अभिव्यक्तिले सरकार परिवर्तनबारे पछिल्लो समय भइरहेको अड्कलबाजीलाई केही समयका लागि थाम्ने सम्भावना देखिएको छ। ओलीको भनाइलाई सत्ता साझेदार दलहरुबीचको पूर्वसम्झौतासँग पनि जोडेर हेरिएको छ।
यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किएपछि सत्ता गठबन्धनको भविष्यबारे छलफल हुने बताएका थिए। तर, देउवाले भने शुक्रबार थाइल्याण्ड भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन सरकारले आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन्।
उनले भने, ‘हामीले सहमति गरेको सरकार हो, यसलाई पूरा समयसम्म लान्छौं। गठबन्धन बलियो छ।