निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, शिखरको अग्रता कायम, कुनले कति व्यवसाय भित्र्याए ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्बमाथिको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३२ यस अवधिसम्ममा ३२ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
निर्जिवन बीमा क्षेत्रमा अगस्थानमा कारोबार गर्दै आईरहेको शिखर इन्स्योरेन्स यस अवधिमा सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनीको उच्च स्थानमा रहेको छ।
कम्पनीले तेस्रो त्रैमासको अवधिसम्मा ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्मा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।











