चैत मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई सलिकोको आग्रह

२४ बैशाख २०८२, बुधबार ०७:११

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत चैत मसान्तसम्म परेको दाबी निवेदनको बाँकी प्रक्रिया पूरा गरी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

कम्पनीमा परेको दाबी निवेदनहरूमा बीमितले थप आवश्यक कागजात पेश नगरेको वा सम्पर्कमा नआएको कारण दाबी भुक्तानी प्रक्रिया अघि बढाउन नसकेको कम्पनीले जनाएको छ।

साथै कम्पनीले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा वा आफूलाई पायक पर्ने शाखा कार्यालयमा अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।

तोकिएको म्यादभित्र समेत बीमितले कागजात पेश नगरेमा वा सम्पर्कमा नआएमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*