प्रम ओली र कांग्रेस सभापति देउवासहित अर्थमन्त्री पौडेल-परराष्ट्र मन्त्री आरजु, गृहमन्त्री लेखकबीच भेटवार्ता

२५ बैशाख २०८२, बिहीबार २३:३९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ। 

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित छन्।

यस्तै सरकारले गभर्नर पनि नियुक्ति गर्न सकेको छैन। यसअघि ओली र देउवाबीच भएको भेटवार्तामा गभर्नर नियुक्ति कहिले गर्ने भन्ने प्रशंग पनि उठेको बताइएकाे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*