वुटवलमा भोलि बीमा सर्भेयर संघको आयोजनामा एक दिने गोष्ठी आयोजना हुँदै

२६ बैशाख २०८२, शुक्रबार १५:५४

काठमाडौं । बीमा सर्भेयर संघ, नेपाल (निसा)को आयोजनामा भोलि वुटवलमा बीमा सम्बन्धी एक दिने गोष्ठी आयोजना हुने भएको छ। अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

१२५ जना भन्दा बढीको उपस्थितीमा रिक्स टु रिकभरी द रोल्स अफ पोप्रटी इन्स्योरेन्सको एक दिने गोष्ठी आयोजना गर्न लागिएको सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले बताएका छन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, उप-निर्देशक निर्मल अधिकारी, बीमा विज्ञ डा.रविन्द्र घिमिरे, प्राधिकरणको लुम्बिनी प्रदेशिक कार्यालय प्रमुख जमुना अर्याल (आचार्य) , बीमक, सर्भेयर, बीमा सर्भेयर संघ, बुटवल च्याप्टर एवं संयोजक प्रमुख गोविन्द लामिछाने,सर्भेयर, बीमा कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरुको सहभागीता रह्नेछन् ।

कार्यक्रममा चार कार्यपत्रमा प्रस्तुतीकरण दिईनेछ ।बीमा प्राधिकरणमार्फत निर्देशक निर्मल अधिकारी, बीमा विज्ञको तर्फबाट रविन्द्र घिमिरे, सर्भेयर संघका महासचिव विकास महर्जन र र बीमकको तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रस्तुतीकरण दिनेछन् । कार्यक्रम संचालन धर्मराज अर्यालले गर्नेछन्।

कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*