राष्ट्रिय सभा सदस्य जगत पार्की र भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली नेता जगत पाकी र भारतिय सत्तारुढ पार्टी भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट भएको छ ।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा एक समारोहकाबीच सांसद पार्की र भाजपा नेता कोश्यारीबीच भेटवार्ता भएको सांसद पार्कीका स्वकीय सचिव अनिल बोहराले जानकारी दिएका छन् ।
सांसद पार्कीले भेटवार्ता एकदमै सकारात्मक रहेको र दुई छिमेकी देशको सम्बन्ध अझै समधुर बनाउनुका साथै भारतमा रहेका लाखौं नेपाली नागरिकको स्थितीबारे चासो व्यक्त गरेका छन् ।
भारतको महाराष्ट्र राज्यका पूर्वराज्यपाल रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन्। उनी नेपाल९भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को भारतका संयोजक थिए । कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत हुन्।