नीति तथा कार्यक्रममाथि सांसद चन्द्रबहादुरले दिए मौन प्रतिक्रिया

२६ बैशाख २०८२, शुक्रबार १७:२८

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् ।

शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।

त्यसमाथि संसद्‌मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।

आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे ।

उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए ।

विश्वकर्मा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*