सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न

काठमाडौ । भिजन लुम्बिनी उर्जा कम्पनीको स्वामित्व सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौको एभरेस्ट होटलमा एक भब्य कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न भएको उक्त प्रोजेक्टको उद्घाटन सम्पन्न भएको हो । उक्त आयोजनाको क्षमता २५ मेघावट रहेको छ।
निर्माण सम्पन्न उक्त प्रोजेक्टमा वितिय सहायता प्रदानमा एनएमबि बैक प्रमुख रहेको थियो भने कृषि विकास बैक सहायक बैकको रुपमा रहेको थियो ।
साथै, सेन्ट्रल फाइनान्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु प्रमुख कर्पोरेट इक्युटी पार्ट्नरको रुपमा रहेका छन ।
आयोजना सम्पन्न गर्न सहयोग गरेका सम्पुर्ण सरकारी निकाय, स्थानीयबासी, लगानीकर्ता तथा कर्मचारीहरुलाइ कम्पनीले धन्यवाद व्यक्त गरेको छ