प्रभु इन्स्योरेन्सको मुनाफा २० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् सूचक ?

२९ बैशाख २०८२, सोमबार ०८:४७

काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ९ महिनामा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ४८.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ७६ करोड रुपैयाँबाट बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ४५.९९ प्रतिशतले बढेको हो ।

यता, कम्पनीको आम्दानी १ अर्ब ९ करोड रुपैयाँबाट ३३.५६ प्रतिशतले घटेर ७२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७.५५ प्रतिशतले घटेर ४४ करोड १३ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोष ९.५० प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ र जगेडा कोष ४३.५१ प्रतिशतले बढेर २९ करोड १ लाख रुपैयाँ सन्चिति रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८.५३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*