सलिकोलाई हराउँदै नेको इन्स्योरेन्सले जित्यो बीमा प्राधिकरणको बार्षिकोत्सव फुटसल कप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स च्याम्पियन बन्न सफल भएको छ । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई हराउँदै नेको इन्स्योरेन्सको पुरुष टिम उपाधी चुम्न सफल भएको हो ।
नेको इन्स्योरेन्सको पुरुष फुटसल टीममा मुकेश तामाङ, अभिशेक मान कमौचार्य, क्षितिज सुेवेदी, अजय कार्की, विनोद विष्ट, निरज डाँगी, राहुल रत्न मानान्धर र राकेश सडौला रहेका छन् । नेको इन्स्योरेन्सका कार्यकारी अधिकृत अशोक खड्काले खेलकुद तथा कर्मचारीको क्षमता अभिबृद्धिलाई विशेष प्राथमिकता दिदै आएका छन् ।
प्राधिकरणको आज सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा सम्पूर्ण बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नियमन लगायतका हजारौं मानिसहरुको सहभागितामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबाट च्याम्पियन टीमका खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी उचालेका हुन् । उनीहरुको साथमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का लगायतका कर्मचारीहरुले ट्रफी उचालेर रमाएका हुन्।