सरकारले दिन सकेन कोरोना बीमाको साढे ११ अर्बको भुक्तानी, बजेटमा समावेश होला त ?

७ जेष्ठ २०८२, बुधबार १६:२०

काठमाडौं । सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् ।

सरकार आर्थिक वर्ष २०८२र८३ को बजेट तयारीमा जुटेको छ। जेठ १५ गतेभित्रै ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।

यता बजेटको पूर्वसन्ध्यामा बजेटमान प्रत्येक बर्ष कम प्राथमिकतामा रहेको बीमा क्षेत्र यो बर्ष कसरी हेरीने भन्ने चासोको बिषय बनेको छ ।

साथै कोरोनाको बीमाको रकम विनियोजनमा सरकारको ध्यान केन्द्रित हुने हो कि हैन भन्ने बिषयमा सिंगो बीमा क्षेत्र केन्द्रित रहेको छ ।

सरकारले चार वर्षअघिदेखिको कारोना बीमा दाबी भूक्तानी बापतको झण्डै साढे ११ अर्ब रुपियाँ हालसम्म भूक्तानी दिन सकेको छैन ।

कोभिड–१९ का बेला महामारीको गलत बीमा पोलिसी बेचेको सरकारसँग भन्नेनै हो भने यसको भूक्तानी दिने कुनै स्रोतनै छैन ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन् ।
यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

सुरुमा नेपालमा कोरोना महामारीबाट ठुलो प्रभाव नपर्ने बीमा कम्पनीहरूको आकलन थियो । सोही कारण मौकाको फाइदा उठाउँदै कम्पनीहरूले प्राधिकरणको नेतृत्वमा महामारीको बीमा गरे ।

जबकि, विश्वव्यापी मान्यताअनुसार प्राकृतिक प्रकोप र महामारीको बीमा गर्ने प्रचलन छैन । तर, सरकारको यस्तो अपरिपक्व निर्णयले बजेट व्यवस्थापनमा दीर्घ प्रभाव परिराख्ने निश्चित जस्तै भएको छ ।

अहिले नेपाल सरकार, अर्थ मन्त्रालयले आवश्यक रकम निकासा नगरिदिँदा बीमा कम्पनीहरूले सर्वसाधारण बीमितहरुको भुक्तानी दिन सकेका छैन ।

कोरोना बीमाको रकम नपाँउदा पनि बीमा क्षेत्रको दाबी भुक्तानीमा बीमितहरुले प्रश्न उठाउदै आईरहेका छन् । जस्को सामना बीमा कम्पनीहरुले गनु परिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*