सलिकोले जेठ २३ देखि चारदिने अभिकर्ता तालीम सञ्चालन गर्ने
८ जेष्ठ २०८२, बिहीबार १२:१६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही जेठ २३ देखि २६ गतेसम्म चार दिन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ।
यसका लागि कम्तीमा प्लस टू उत्तीर्ण गरेको हुनु पर्नेछ। तालीम लिन चाहेने आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, पासपोर्ट साइज फोटो र प्यान कार्डको प्रतिलिपि सहित ३ हजार रूपैयाँ बुझाउनु पर्नेछ।
संस्थागत अभिकर्ताको तालीम लिन चाहने संस्थाले पनि आवश्यक कागजात पेश गरी सहभागी हुन सक्ने कम्पनीले बताएको छ।
तालीम काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म चल्नेछ।