शिवम् सिमेन्टको ‘नो कम्प्रोपाइज’ अभियानको नयाँ संस्करण सार्वजनिक

१२ जेष्ठ २०८२, सोमबार १३:५९

काठमाडौं । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने अडानसहित नेपाली सिमेन्ट उद्योगमा स्थापित शिवम् सिमेन्टले आफ्नो चर्चित अभियान ‘नो कम्प्रोपाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।

‘नो कम्प्रोपाइजको बाचा गर्न सजिलो छैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले शिवम् सिमेन्टको गुणस्तरप्रतिको प्रतिबद्धतालाई झनै बलियो बनाउने कम्पनीले दाबी गरेको छ।

कम्पनीका अनुसार शिवम् सिमेन्टले शुरूदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन तथा वितरण गर्दै आएको छ र गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिमा दृढ रहँदै आएको छ।

गुणस्तरको मामलामा ‘नो कम्प्रोपाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ र ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सन्देशहरूले ब्रान्डको पहिचान बलियो बन्दै गएको छ।

शिवम् सिमेन्टलाई सन् २०१९ मा ‘एनएस गुणस्तर पुरस्कार’ प्राप्त भएको थियो।

हालै सार्वजनिक गरिएको प्रचार अभियानको टिजरको पहिलो विज्ञापन भिडियोमा गुणस्तरप्रतिको दृढ अडानलाई व्यक्त गर्न एक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा सम्झौता नगरेको दृश्य देखाइएको छ।

कम्पनीका अनुसार यो अभियान अन्तर्गत विभिन्न सामाजिक परिस्थितिमा आधारित अन्य धेरै भिडियोहरू पनि तयार भइसकेका छन् र क्रमशः सार्वजनिक गरिनेछ।

यसअघि सञ्चालन गरिएको ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ अभियान लोकप्रिय भएको कम्पनीले बताएको थियो।

यस अभियानमार्फत ‘अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य र सिद्धान्तको मामलामा कहिल्यै सम्झौता गर्नु हुँदैन’ भन्ने सशक्त सन्देश दिन खोजिएको शिवम् सिमेन्टले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*