नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

१३ जेष्ठ २०८२, मंगलवार १०:१४

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।

कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्।

साथै सोही बैठकले रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*