बजेट लगत्तै अर्थमन्त्री फेरिँदै !, कांग्रेससँग गृह र अर्थ मन्त्रालय साट्ने तयारी

१४ जेष्ठ २०८२, बुधबार १०:०२

काठमाडौं । एमाले निकट विश्वस्त स्रोतका अनुसार बजेट लगत्तै अर्थमन्त्री बिष्णु पौडेललाई हटाएर नयाँ अर्थमन्त्री बनाउने बारे प्रधानमन्त्री ओलीले छलफल सुरु गरेका छन् । अर्थमन्त्री पौडेलले अपेक्षा अनुसार सुधार गर्न नसकेपछि प्रधानमन्त्री ओली नयाँ अर्थमन्त्रीको खोजीमा जुटेका छन् ।

भर्खरै सरकारले सार्वजनिक गरेको आर्थिक सुधारका योजनाहरु कार्यान्वयन गर्न प्राविधिक अर्थमन्त्री चाहिनेमा नन् प्राविधिक र सिद्धान्त नभएका विष्णु पौडेलबाट आर्थिक सुधार सम्भव नभएको निष्कर्ष बालुवाटारको रहेको छ । स्रोतका अनुसार बजेट लगत्तै कांग्रेससँग अर्थमन्त्रालय र गृहमन्त्रालय साटाफेर गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने एकखालको भित्री सहमति भएको समेत बुझिएको छ ।

मातहतका निकायमा चौतर्फी सेटिङ, भ्रष्टाचारको जालो भेटिन थालेपछि भ्रष्टाचारीहरुसँग शून्य सहनशिलता अपनाउने दृढता व्यक्त गरेका प्रम ओली आफै मन्त्रीहरुका काम कारवाहीप्रति असन्तुष्ट रहेको बताइन्छ । पछिल्लो समय विमानस्थलमा मानव तस्करहरुले गरेको सेटिङ र गृहमन्त्री रमेश लेखकको संकास्पद संलग्नताले सरकारलाई सदनमा फेस सेभ गर्न मुस्किल परिरहेको छ ।

कांग्रेस र एमाले नेतृत्वको सरकार डेलिभरीमा चुक्दा सडकमा गणतन्त्र नै पल्टाउँछु भन्नेहरु सक्रिय भएपछि प्रधानमन्त्री ओली अब आफ्ना र बाहिरिया सबैसँग कठोर बन्ने मनस्थितिमा रहेको उनका भाषणहरुबाट देखिन्छ ।

बजेटमा पनि अर्थमन्त्री पौडेलले तलमाथी गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले विशेष सूत्र लगाएर निगरानी गरिरहेको बुझिएको छ । बजेट लगत्तै अर्थमन्त्री बिष्णु पौडेललाई हटाउने अनि एमालेले गृह लिएर नेपाली कांग्रेसलाई अर्थमन्त्रालय दिने गरी कुरा मिलाउने प्रयास भइरहेको छ । अहिलेको प्रयास सफल भएमा डा. प्रकाशशरण महत वा गगन थापा मध्येबाट नयाँ अर्थमन्त्री बन्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*