तोलामा १६ सयले घट्यो सुनको भाउ, अब प्रतितोला कति?

१४ जेष्ठ २०८२, बुधबार १०:३२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ। यस दिन सुन प्रतितोला १६०० सय रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

यता चाँदीको भाउ भने १ हजार ९९५ रुपैयाँबाट बढेर २ हजार ५ रुपैयाँ प्रतितोला पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*