प्रदर्शनको पूर्वसन्ध्यामा राजावादीको प्रस्तावः राजसंस्थालाई संविधानमा समावेश गरौं

१४ जेष्ठ २०८२, बुधबार १२:४६

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा राजावादीहरूले राजसंस्थालाई संविधानमा समावेश गर्न प्रस्ताव गरेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले अपील जारी गर्दै ‘संविधानप्रदत्त अधिकार प्रयोग गरेर देशमा विद्यमान निषेध अन्त्य गर्दै सबै विचार र संस्था अट्ने नवीन समझदारी कायम गर्ने हाम्रो प्रयास र प्रस्तावना हो।’ भनेका छन्।

साथै उनले पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको र कहिले पराधीन नभएको नेपाल अहिले चौतर्फी संकट, बेथिति र भ्रष्टाचारमा चुर्लम्म डुबेकाले यो अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उल्लेख गरेका छन्।

भोलि जेठ १५ गते राजावादीले गर्ने आन्दोलन भद्र अवज्ञा र शान्तिपूर्ण हुने उल्लेख गर्दै राज्यले दमन गर्न सक्ने संकेत देखिएको पनि बताएका छन्।

भोलि गणतन्त्र दिवस पनि भएकाले एमालेले पनि काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको ‘काठमाडौं तीन घण्टाका लागि एमालेले नियन्त्रणमा लिनुपर्ने’ अभिव्यक्तिलाई संयोजक सुवेदीले प्रजातान्त्रिक हक अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*