प्रचण्डलाई अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्ने वातावरण बनाईदिन ओलीको आग्रह

१४ जेष्ठ २०८२, बुधबार १३:०२

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । आज फोन संवादमा उनले यस्तो बताएका हुन् । आज कागे्रेसका सभापति शेयर बहादुर देउवाले गृहमन्त्री लेखकलाई लिएर वालुवाटार निवास पुगेपछि उनले प्रचण्डलाई फोनमार्फत संवाद गरेर यस्तो आग्रह गरेका हुन् ।

भिजिट भिसा प्रकरण, बिहीबार सरकारले संसद्‌मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने कुरा अध्यक्षले जानकारी गराएका छन् ।

भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*