राजावादी आन्दोलन दबाउन प्रहरीको व्यापक तयारी, यसरी गरिँदैछ अभ्यास

१४ जेष्ठ २०८२, बुधबार १३:४१

काठमाडौं । राजावादीहरूले जेठ १५ गते गर्न लागेको जनप्रदर्शनलाई लक्षित गर्दै प्रहरीले व्यापक सुरक्षा अभ्यास गरिरहेको छ।

गत चैत १५ गतेको राजावादी आन्दोलनले हिंस्रक रूप लिएपछि शान्ति सुरक्षामा चुकेको भन्दै प्रहरीको कडा आलोचना भएको थियो। भोलि हुने आन्दोलनलाई नियन्त्रणमा राख्न प्रहरीले अहिले अभ्यास गरिरहेको छ। आन्दोलन कुनै पनि हालतमा नियन्त्रण बाहिर जान नदिने र दबाएर राख्ने रणनीतिमा प्रहरी लागेको छ।

भोलि गणतन्त्र दिवसको अवसरमा एमालेले पनि जनप्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले काठमाडौं नियन्त्रणमा लिने अभिव्यक्ति दिएपछि राजावादीहरूले प्रधानमन्त्रीले नै मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका थिए।

यता संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि एक विज्ञप्ती जारी गर्दै राज्यले भोलि राजावादीको आन्दोलनमा तीव्र दमन गर्न सक्ने संकेतहरू देखिएको बताएका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*