तीनकुने घटनाबारेको प्रतिवेदन सार्वजनिक
१४ जेष्ठ २०८२, बुधबार १४:०६

काठमाडों । स्वतन्त्र नागरिक छानबिन आयोगले आज तीनकुने घटनाबारेको प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले गठन भएको १ महिना २० दिनमा आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो ।
सरकारले तीनकुने घटनको छानबिन गर्ने क्रममा अपराध अनुसन्धानका स्थापित सिद्धान्त, प्रचलन र कार्यविधिहरू पालना नगरेको जिकिर पनि प्रतिवेदनमा गरिएको छ।
तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ। नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लंघन भएको ठहर आयोगले गरेको छ।
तिनकुने प्रतिवेदन सार्बजनिक