१० महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्बको व्यवसाय भित्र्याए, कुनले कति ? (तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनासम्ममा ३५ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुले उक्त मात्रामा बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
१० महिनाको अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीले यस त्रैमाससम्मा ४ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ ।
कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा सिद्धार्थ प्रिमियर इनस्योरेन्स रहेको छ।
कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
प्राधिकरणको तथ्यांक अनुसार १० महिनाको अवधिमा हिमालयन एभरेष्टले ३ अर्ब ८ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ,ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ र नेशनल इनस्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।