निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ६% ले बढ्यो, चारको घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ६ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा कम्पनीहरुले ३५ अर्बको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।
अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याएका थिए ।
१० महिनाको अवधि सम्ममा चार बीमा कम्पनीको बीमा व्यवसाय भने खस्किएको छ। जसमध्ये राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसायमा गत बर्षको तुलनामा १३ प्रतिशतको गिरावट आएको छ।
त्यस्तै, युनाईटेड अजोडको ३ प्रतिशत, नेशनल इन्स्योरेन्सको १ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०।६५ प्रतिशतले बीमा व्यवसाय घटेको नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।
यस अवधिसम्मा व्यापार वृद्धिको आधारमा ओरिएन्टल इन्स्योरेन्स अग्रस्थामा रहेको छ। ओरियन्टलको बीमा व्यवसाय गत बर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको बीमा व्यवसाय वृद्धिको आधारमा दोस्रो स्थानमा रहेको छ । यस अवधिसम्ममा कम्पनीले आफनो बीमा व्यवसाय ३४ प्रतिशतले बढाएको छ।