जनप्रदर्शन गर्दै गणतन्त्रवादी र राजावादी

१५ जेष्ठ २०८२, बिहीबार १२:२१

काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवसका दिन देशको राजधानीमा केन्द्रीत रहेर गणतन्त्रवादी र राजावादी दुवैले जनप्रदर्शन गर्दैछन्।

जिल्ला प्रशासन कार्यालयले एमालेलाई बिहान साढे ११ बजेदखि दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीलाई भृकुटीमण्डप, रत्नपार्क र शहीदगेटमा कार्यक्रमका लागि अनुमति दिएको छ।

एमालेको कार्यक्रम शुरू भइसकेको छ। एमालेले आजको दिनलाई जनताको जीत र उत्सवको रूपमा मनाउने जनाएको थियो। सोही अनुरूप एमालेले बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु लगायतका स्थानहरूबाट बाजागाजा र झाँकी सहित नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

एमालेको पदर्शन भृकुटीमण्डपबाट रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने जनाइएको छ।

यता राजावादीले पनि काठमाडौंका विभिन्न सातवटा ठाउँबाट जुलुस निकालेर प्रदर्शन गर्ने तयारी गरिरहेको छ। संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा अनिश्चितकालीन आन्दोलन गर्ने राजावादीहरूले बताएका छन्।

राजावादीले मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा लगायतका ठाउँबाट जुलुस निकालेर शान्तिपूर्ण रूपमा रत्नपार्कमा जम्मा हुने बताएका छन्।

यता प्रहरीले भने उपत्यकामा उच्च सुरक्षा प्रबन्ध गरेको बताएको छ। आजको प्रदर्शतलाई लक्षित गरेर विभिन्न स्थानमा गरी ३८०० हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*